Logo

सानिमा बैंकको ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि सुविधा, अनलाइनमार्फत टप अप सुविधा पाउने

सानिमा बैंकको ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि सुविधा, अनलाइनमार्फत टप अप सुविधा पाउने



काठमाडौं । सानिमा बैंकले ई-कम भिसा कार्ड प्रयोगकर्ताहरुका लागि अनलाइन मार्फत कार्डमा टप अप गर्न मिल्ने सुविधाको सुरुवात गरेको छ ।

ई कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा यूएस डी ई कम भिसा कार्डमा टप अप गर्न सक्नेछन् । ग्राहकहरुले सानिमा सजिलो ई-बैकिङ एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाटमा आफ्नो विवरणहरु राखेर टप अप गर्न सक्नेछन् ।

ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध ऋबउतअजब राखेर टप अपको प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको ओटीपी राखे पश्चात् कार्डमा तुरुन्तै टप अप हुनेछ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्