Logo

नेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग

नेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो ।

२०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो निष्कासनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता थियो, जसले नेपाल एसबीआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।

कुल इकाइहरूमध्ये १८ लाख इकाइहरू निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाइहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५% (६० हजार इकाइ) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो ।

१० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७% वार्षिक आकर्षक ब्याजदर थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले २०८२ जेठ ७ मा यो निष्कासनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा भूमिका निर्वाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्