काठमाडौं । कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकको खुद नाफा ९.१९ प्रतिशतले बढेर ६३ करोड ९७ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५८ करोड १८ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सामान्य सुधार आएसँगै खुद नाफा पनि बढेको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले बढेर २ अर्ब २४ करोड ४४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १.९७ प्रतिशतले बढेर ९८ करोड ६९ लाख ८६ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी ३७ पैसाले बढेर १८ रुपैयाँ १० पैसा कायम भएको छ ।