Logo

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार १० सम्म पठाउन अनुरोध



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि तर्जुमा गरिने मौद्रिक नीतिमा समावेश गर्न सुझाव संकलन प्रक्रिया सुरु गरेको छ। सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैङ्कले सम्बन्धित सरोकारवालाहरू, विशेषज्ञहरू तथा आम नागरिकहरूलाई मौद्रिक नीतिसम्बन्धी राय र सुझाव दिन आह्वान गरेको हो।

बैङ्कले सुझावहरू असार १० गतेभित्र आफ्नो आर्थिक अनुसन्धान विभागमा उपलब्ध गराउन अनुरोध गरेको छ। बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले हरेक वर्षजसो मौद्रिक नीति जारी गर्ने गर्दछ, जसमा अर्थतन्त्रको अवस्था अनुसार ब्याजदर, कर्जानिति, तरलता व्यवस्थापन जस्ता विषयहरू समेटिन्छन्।

नयाँ आर्थिक वर्षको नीति अझ प्रभावकारी र समावेशी बनाउन सुझाव मागिएको राष्ट्र बैङ्कले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This