काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। साथै अन्तरिम आदेशमाथि छलफलका लागि विपक्षीलाई बोलाइएको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले बुधबार नियुक्तिको आधार माग गरेको हो। अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा लगायतले दर्ता गराएको रिटमा पौडेलको नियुक्ति प्रक्रिया नियमविपरीत रहेको दाबी गरिएको छ।
रिट अनुसार, पराजित उम्मेदवारलाई सिफारिस समितिका सदस्यले राजीनामा गरी आफैं प्रतिस्पर्धा गर्नुले सुशासनको उल्लंघन भएको उल्लेख छ। साथै राष्ट्र बैंक ऐनअनुसार आवश्यक अनुभव र शैक्षिक योग्यता नपुगेको आरोप छ।
यसअघि दर्ता नहुने निर्णय भएको मुद्दा पुनरावलोकनपछि इजलासमा पुगेको थियो। पौडेल पूर्वसिफारिस समिति सदस्य भएकाले नियुक्तिमा नीहित स्वार्थ देखिएको र प्रक्रिया कानुनविपरीत रहेको दाबी गरिएको छ।