काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८१ को संशोधन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार, यी संस्थाहरूले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातम (सीआरआर)मध्ये न्यूनतम ९० प्रतिशत रकम दैनिक रूपमा नेपाल राष्ट्र बैंकमा कायम गर्नुपर्नेछ।
यो व्यवस्था २०८२/०२/१८ देखि लागू हुनेछ, जसले वित्तीय संस्थाहरूलाई तरलता व्यवस्थापनमा थप कडाइका साथ नियमन गर्ने उद्देश्य राखेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघिको व्यवस्थामा दैनिक अनुपात ७० प्रतिशत थियो, जसलाई संशोधन गरी ९० प्रतिशत पुर्याइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो परिवर्तनले वित्तीय प्रणालीको स्थायित्व र पारदर्शिता कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।