Logo

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सम्झौता, बैंकका ग्राहकलाई लोमसमा विशेष छुट

सिटिजन्स बैंक र लोमस डिजिटलबीच सम्झौता, बैंकका ग्राहकलाई लोमसमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र उत्तरढोका, काठमाडौँ स्थित लोमस डिजिटल प्रालिबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएका हो ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई ह्वीर्लपूलका उत्पादन र किचेन एड प्रोडक्टमा आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्