Logo

प्राइम बैंकमा संचालक समिति निर्विरोध चयन, संस्थापन र साधारणको तर्फबाट ४/४ जना चयन

प्राइम बैंकमा संचालक समिति निर्विरोध चयन, संस्थापन र साधारणको तर्फबाट ४/४ जना चयन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

प्राइम कर्मशियल बैंकमा नयाँ सचालक समिति चयन भएका छन् । बैंकको यही २९ गते हुने साधारणसभा भन्दा अघि नै निर्विरोध रुपमा संचालक समिति चयन भएका हुन् ।

बैंकले सेयर संरचनामा परिवर्तन गरेसँगै संचालक समितिमा पनि परिवर्तन आएको छ । यस अघि बैंकको संचालक समितिमा संस्थापन पक्षबाट ६ र साधारण सेयरधनीको तर्फबाट २ जना संचालकको प्रतिनिधित्व हुँदै आएको थियो । तर, बैंकले सेयर संरचना परिवर्तन गरेर ५१ र ४९ प्रतिशत बनाएसँगै संचालक समितिमा पनि संस्थापनको पक्षबाट ४ र सर्वसाधरणको तर्फबाट ४ जनाको प्रतिनित्व हुने भएको छ ।

बैंकको नयाँ संचालक समितिमा संस्थापन सेयर धनीको तर्फबाट उमेश श्रेष्ठ, राजेन्द्र बज्राचार्य, श्यामबहादुर श्रेष्ठ र राजेन्द्र श्रेष्ठ निर्विरोध रुपमा चयन भएका छन् । बैंकको संचालक समितिको उम्मेदवारी दिने मिति यही विहीबारसम्म रहेकोमा उनीहरुको मात्र आवेदन परेकाले निर्विरोध रुपमा चयन भएको बैंक स्रोतले बताएको छ ।

यसैगरी, साधारण सेयर धनीको तर्फबाट उत्तमनाराण श्रेष्ठ र उदयमोहन श्रेष्ठ निर्विरोध रुपमा चयन भएका छन् । साधारण सेयर धनीको अन्य २ जना संचालकमा यसअघिकै वासु रिजाल र दिनेश श्रेष्ठको समयावधि नसकिएकाले उनीहरुलाई नै निरन्तरता दिइएको छ ।

बैंकले २९ गते हुने साधारण सभाले आफ्ना सेयर धनीलाई दिइने १९ प्रतिशत वोनश सेयर पनि पारित गर्ने भएको छ । उक्त बोनश सेयर पारितसँगै बैंकको चुक्त पुँजी ३ अर्व १४ करोड रुपैयाँ पुग्नेछ ।

हाल बैंक संचालक समितिले अधिकृति पूँजी ५ अर्व पु¥याउने निर्णय गरिसेकेको छ । उक्त निर्णयलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । यसलाई पनि यसै महिना हुने साधारणसभाले पास गर्ने बैंक स्रोतले बताएको छ । यस्तै, बैंकले  चुक्त पूँजी समेत बृद्धि गरेर ५ अर्व रुपैयाँ पु¥याउने भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL