Logo

प्राइम कमर्सियल बैंकका संचालक बज्राचार्यसहित ६ पक्राउ, १४ करोड ठगी गरेको आरोप

प्राइम कमर्सियल बैंकका संचालक बज्राचार्यसहित ६ पक्राउ, १४ करोड ठगी गरेको आरोप



काठमाडौं । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र वज्राचार्यलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनीसहित ६ जनालाई पौने १४ करोड रुपैयाँ ठगी आरोपमा पक्राउ गरेको हो ।

वज्राचार्यसहितको समूहले काठमाडौंमा व्यापारिक सटरको स्वामित्व प्रलोभन देखाएर ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेट प्रालिका संचालक समितिका अध्यक्ष समेत रहेका नरेन्द्र बज्राचार्य समेतले न्यूरोड क्षेत्रका व्यापारीलाई कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने विश्वासमा १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पक्राउ पर्नेमा बज्राचार्यसहित राजु महर्जन, राजेश कृष्ण श्रेष्ठ, निरन्जन कुमार श्रेष्ठ, चिरञ्जिवी पौडेल र शान्ति रमण पंगेनी छन्।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This