Logo

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट

सिटिजन्स बैंक र स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई हस्पिटलका सेवामा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर सोमबार एक कार्यक्रमबीच भएको हो ।

laxmi

उक्त समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलका सेवाहरुमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL