Logo

लक्ष्मी सनराइज बैंकद्वारा कपनमा शाखा स्थानान्तरण गरी सेवा विस्तार

लक्ष्मी सनराइज बैंकद्वारा कपनमा शाखा स्थानान्तरण गरी सेवा विस्तार



काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौँको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

laxmi

बुढानीलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखामध्ये रुद्रमति चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साबिकको रुद्रमति चोकको शाखाका ग्राहकहरूले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ ।

साथै, बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साबिक सनराइज बैंकको शाखा रहेको स्थान – औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका–१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ । हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL