Logo

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

ज्योति विकाश बैंकको नाफा २४ प्रतिशत घट्यो, खराब कर्जा करिब ५ प्रतिशत



काठमाडौं । ज्योति विकाश बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको नाफा गत वर्षको यसैअवधिको तुलनामा २४.४० प्रतिशत घटेको छ । गत आवको चैतसम्म यस बैंकले २० करोड १६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

laxmi

बैंकको खुद ब्याज आम्दानी बढे पनि नाफा घटेको छ । यस अवधिसम्म आइपुग्दा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यता, इम्पेयमेन्ट चार्जको रकम बढ्दा नाफामा असर परेको हो । बैंकले ७१ करोड ४५ लाख रहेको इम्पेयमेन्ट चार्ज अहिले बढेर ८३ करोड २ लाख पुगेको छ ।

हाल यस विकास बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ जम्मा छ । बैंकको वितरणयोग्य नाफा पनि २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा ४.९७ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३४ रुपैयाँ २० पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL