Logo

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच सम्झौता, नगदरहित भुक्तानीमा सहजीकरण

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच सम्झौता, नगदरहित भुक्तानीमा सहजीकरण



काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसाय प्रालिबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच संघमा आवद्ध ट्याक्सी व्यबसायीहरुले प्रभु बैंकमार्फत कुनैपनि भुक्तानी गर्दा सहजीकरण गर्नेसम्बन्धी सम्झौता भएको हो ।

laxmi

सम्झौतासँगै बैंकको खाताबाट सहज रुपमा रकम झिक्न, आप्mनो खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक÷वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सहज हुने भएको हो ।

सम्झौतामा प्रभु बैंक गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी ब्यबसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षरगरेका हुन् । उक्त कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धारा उपलब्ध गराईएको क्यु आर मार्फत् विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ ।

गण्डकी ट्याक्सी ब्यबसाय प्रालिमा आबद्ध १ सय ५० बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ । भविष्यमा अन्य ३ सय ५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL