Logo

राष्ट्र बैंकले सार्वजनिक गर्यो वाणिज्य बैंकको नेट एनपीएल, कुन बैंकको कति ?

राष्ट्र बैंकले सार्वजनिक गर्यो वाणिज्य बैंकको नेट एनपीएल, कुन बैंकको कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक वाणिज्य बैंकहरुको कुल खराब कर्जा (नेट एनपीएल) सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक वर्षको अर्धवार्षिक वित्तीय सूचकसँगै नेट एनपीएल पनि सार्वजनिक गर्न थालेको हो । यसअघि राष्ट्र बैंकले बैंकहरुको खुद खराब कर्जा (एनपीएल) मात्र सार्वजनिक गर्ने गरेको थियो ।

laxmi

चालु आर्थिक वर्षको दोस्रो त्रैमासबाट राष्ट्र बैंकले कुल खराब कर्जा पनि सार्वजनिक गर्न थालेको राष्ट्र बैंक श्रोतले बतायो । बैंकका अनुसार सबै वाणिज्य बैंकहरुको एनपीएल अनुपात ३.६३ प्रतिशत छ । यसैगरी, नेट एनपीएल अनुपात भने १.१३ प्रतिशतमा सीमित छ ।

नेपालका बैंकहरुको नेट एनपीएल एशियाका अन्य मुलुकहरुको तुलनामा कम रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त तथ्यांकले देखाउँछ । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ वाणिज्य बैंकको खुद खराब कर्जा ४ प्रतिशत माथी पुगेको छ । यसैगरी, ४ वाणिज्य बैंकहरुको खराब कर्जा २ प्रतिशत भन्दा कम छ । यता यस अवधिसम्म नेट एनपीएलतर्फ १० वटा वाणिज्य बैंकको नेट एनपीएल १ प्रतिशत भन्दा कम छ भने १० वाणिज्य बैंकमध्ये कुनैपनि बैंकको नेट एनपीएल एक प्रतिशतभन्दा माथि तथा २ प्रतिशत भन्दा कम रहेको छ ।

बैंक वित्तीय संस्थाले केहि समय अवधि तोकेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा (नन पर्फमिङ लोन) एनपीएल भनिन्छ । बैंकहरुले ऋणीलाई निश्चित सयम अवधी तोकेर दिएको ऋण समयभित्र ऋणीले भुक्तानी गर्न सकेनन् भने यस्तो ऋण एनपीएलमा गणना हुने गर्छ । कुनै पनि ऋणीले ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ । बैंकहरुले सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाउँछन ।

वाणिज्य बैंकको एनपिएल र नेट एनपीएल सूचीमा :

प्रतिक्रिया दिनुहोस्
MBL