Logo

यसकारण स्थगित भयो गभर्नर अधिकारीविरुद्धको मुद्दा, कहिले हुन्छ सुनुवाई ?

यसकारण स्थगित भयो गभर्नर अधिकारीविरुद्धको मुद्दा, कहिले हुन्छ सुनुवाई ?



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको मुद्धा आजलाई स्थगित भएको छ । उनको मुद्धामा आज सुनुवाई हुने भनिएपनि कार्यालय समयमा गरिएको गोलाप्रथामा उनको मुद्धा नपरेपछि आजलाई उनको मुद्धा स्थगित भएको हो ।

laxmi

सरकारकाे गभर्नरबाट निलम्बन गर्ने निर्णयविरुद्ध गभर्नर अधिकारीले दायर गरेको रिट निवेदन र उनको योग्यतामाथि प्रश्न उठाउँदै गरिएको रिट निवेदनलाई एकसाथ राख्दै सुनुवाइ गर्न सर्वोच्चले आदेश दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको पुस १३ गतेको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।
तर, त्यसदिन उनको मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो । पुनः आज अर्थात आईतबार उक्त मुद्धाको सुनुवाई हुने भनिएपनि उनको मुद्धा गोलाबाटै स्थगित भएको सर्वाेच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेले जानकारी दिए ।

सरकारले २०७८ चैत २५ गते अधिकारीलाई गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिकारीले दायर गरेको रिटमा २०७९ वैशाख ६ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशलाई २०७९ वैशाख १३ गते सपनाप्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले निरन्तरता दिएको थियो । सरकारले अधिकारीलाई निलम्बन गर्ने निर्णयको अन्तिम सुनुवाइ हालसम्म भएको छैन ।

त्यसैबीच गत पुस १२ गते जोशी ल एण्ड एसोसिएट्सका अधिवक्ता दिपकराज जोशी , ठकुाराठी एशोसिएट्सका अधिवक्ता प्रतापसिंह ठकुराठी , विप्स ल एसोसिएट्स प्रा.लि का संचालक अधिवक्ता दामोदर तिम्सिना र चुडामणी भण्डारीले संयुक्त रुपमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL