Logo

वित्त क्षेत्रको गोप्य सूचना र आर्थिक लाभ लिन नक्कली ह्वाट्स एपको प्रयोग : पाँच जनाको उजुरी, पत्ता लागेनन् स्क्यामर

वित्त क्षेत्रको गोप्य सूचना र आर्थिक लाभ लिन नक्कली ह्वाट्स एपको प्रयोग : पाँच जनाको उजुरी, पत्ता लागेनन् स्क्यामर



काठमाडौं । गोप्य सूचना लिने र त्यसको दुरुपयोग गरी आर्थिक लाभ उठाउने उदेश्यले पछिल्ला केहि दिनयता स्क्यामरहरुले वित्तीय क्षेत्रका पदाधिकारीहरुलाई तारो बताउन थालेका छन् । हालै मात्रै राष्ट्र बैंकका गभर्नरदेखी बैंक तथा वित्तीय संस्थाको सिईओसम्मको नाम तथा तस्विर प्रयोग गरी नक्कली ह्वाट्स एप आइडी बनाउने प्रवृत्ति बढेपछि यसको निशानामा बैंकिङ क्षेत्रका व्यक्तिहरु बढी परेको देखिएको हो ।

laxmi

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, आईएमई ग्रुपका हेमराज ढकाल, एनआईसी एशिया बैंकका कार्यकारी अधिकृत (सीइओ) रोशन कुमार न्यौपाने एनआईसी एशिया क्यापिटलका कार्यकारी अधिकृत (सिईओ) रामेन रायमाझीलगायत बैंकिङ क्षेत्रका पाँच उच्च व्यक्तिको नाम प्रयोग गरी नक्कली ह्वाट्स एप आईडी बनाएर दुरुपयोग गरेको पाइएको हो ।

स्क्यामरले आर्थिक, बैंक तथा वित्तीय संस्थाको गोप्य सूचना लिएर आर्थिक लाभ लिनको लागि राष्ट्र बैंकका गर्भनर अधिकारीको नक्कली ह्याट्स एप अकाउन्ट बनाएर दुरुपयोग गरेको पाइएको नेपाल प्रहरी साइबर ब्युरोका प्रवक्ता भिम प्रशाद ढकालले जानकारी दिए । ढकालका अनुसार हासम्म उजुरी दिनेमा बैंक तथा वित्तीय क्षेत्रका उच्च अधिकारीहरु मात्रै छन । ‘हालसम्म नक्कली ह्वाट्स एप आईडी बनाएको र आर्थिक कारोबारको कुराहरु गरेको भन्दै वित्त क्षेत्रका पाँच जनाले उजुरी दिनुभएको छ ।’ उनी भन्छन ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको फोटो भएको ह्वाट्स एपबाट राष्ट्र बैंकका एक कार्यकारी निर्देशकलाई म्यासेज आएको थियो । गभर्नरको फोटो भएको नम्बरबाट म्यासेज र फोन आएको राष्ट्र बैंक श्रोतले बतायो । गभर्नरले नियमित रुपमा प्रयोग गर्ने भन्दा फरक नम्बर ९(९८१४४८६४४९) बाट फोन आएको थियो ।

गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको नक्कली अकाउन्टबाट राष्ट्र बैंकका एक उपनिर्देशकलाई रकम माग गर्दै म्यासेज गरिएको थियो । गर्भनरको फोटो तथा नाम प्रयोग गरेर स्क्यामरले आर्थिक कारोबारको कुरा गरेको छ । स्क्यामरले आफुलाई पैसा चाहिएको र पैसा पठाईदिन भन्दै मेसेज गर्ने गरेको अधिकारीहरु बताउँछन् । गभर्नर अधिकारीको फोटो प्रयोग गर्दै खोलिएको ह्वाट्स एप अकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गर्ने र पैसा माग्ने गरिएको जानकारी प्राप्त भएपछि गभर्नर कार्यालयले नेपाल प्रहरीको साइबर ब्यूरोमा आइतबार उजुरी दिएको थियो ।

त्यसपश्चात एनसाईसी एसिया बैंकका कार्यकारी रोशन कुमार न्यौपानेको फोटो र नाम प्रयोग गरी नक्कली ह्वाट्स एप बनाएर बिभिन्न व्यक्तिसंग संवाद गरेको पाइएको छ । न्यौपानेले आफ्नो नाम र फोटो प्रयोग गरेर गलत नम्बरबाट बिभिन्न व्यक्तिसंग संवाद गरि कारोबार सम्बन्धि कुराकानी गरेको पाइएको उनले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन । न्यौपानेको नाम र फोटो राखेर (ं९८२७६३३४२५) नम्बरबाट नक्कली ह्वाट्स एप आईडी बनाइएको छ । आफ्नो फोटो र नामको दुरुपयोग गरी बिभिन्न व्यक्तिलाई आर्थिक कारोबारको कुरा राखेका कारण न्यौपानेले सबैलाई सजक रहन आग्रह गरेका छन ।

यसैगरी, एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामेन रायमाझीको नाम र फोटो प्रयोग गरेर नक्कली ह्वाट्स एप आईडी बनाइएको छ । रायमाझीको नाम र फोटो प्रयोग गरी ९(९८०६६३४५७८) नम्बरको प्रयोग गरिएको रायमाझीले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् । उनले आफ्नो नाम र फोटो प्रयोग गरी बिभिन्न व्यक्तिलाई आर्थिक लेनदेनको कुरा गर्दै म्यासेज गरिएको जानकारी दिएका छन । आफ्नो फोटो र नामको दुरुपयोग गरी बिभिन्न व्यक्तिलाई आर्थिक कारोबारको कुरा राखेको कारण रायमाझीले सबैलाई सजक रहन आग्रह गरेका छ ।

पत्ता लागेनन् स्क्यामर

साइबर ब्युरोमा पाँच जनाको उजुरी परेको भएपनि हालसम्म राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था लगायतका व्यक्तिको नाम तथा फोटो दुरुपयोग गरेर कुरा गर्ने स्क्यामर पत्ता लाग्न सकेको छैन । ‘हालसम्म पाँच वटा यस्तो केस साइबर ब्युरोले हेरिरहेको छ, यसमा अनुसन्धानको काम भइकरेहको छ ।’ साइबर ब्युरोका प्रहरी परिष्ठ उपरिक्षक (एसएसपी) नबिन्द्र अर्याल भन्छन्, ‘तर, अहिलेसम्म कसले यस्तो काम गरिहेको छ, पत्ता लगाउन सकिएको छैन ।’

अर्यालका अनुसार ह्वाट्स एपको कर्पोरेट अफिस अमेरिकामा छ । ‘नेपालले अमेरिकासंग म्युचुअल लिगल एग्रिमेन्ट (एमएलए) गरेको छैन ।’ उनी भन्छन, ‘यसैका कारण ह्वाट्स एपको दुरुपयोग कसले गरिरहेको छ, भनेर त्यसको सूचना माग्ने अधिकार प्रहरीलाई पनि छैन ।’

स्क्यामरले विभिन्न व्यक्तिको नागरिकताको दुरुपयोग गरेर फोन नम्बर निकाली त्यसको दुरुपयोग गरेको पाईएपछि साईबर व्युरो पनि चनाखो भएको छ । नागरिकताको दुरुपयोग गरी सिम निकालेर ह्वाट्स एप बनाइ त्यस्तो ह्वाटस एपबाट मेसेज गर्ने गरेको पाइएको साइबर ब्युरो श्रोतले जानकारी दियो ।

यसरी स्क्यामरले नागारिकता देखी सामाजिक सञ्जालसम्म दुरुपयोग गर्ने गरेको पाइएको छ । स्क्यामरले जो व्यक्तिलाई भिक्टिम बनाउन उक्त व्यक्तिको संस्थागत साइडमा गएर फोटो तानेर नाम राखी त्यो व्यक्तिको परिचित मान्छेसंग गएर कुरा गर्ने गरेको पाइएको साइबर ब्यूरो श्रोतले बतायो । यसरी स्क्यामरले छलफलमा भएको गोप्य कुरा र पैसाको कुरा राख्ने गरेको साइबर ब्युरो उजुरी दिने भिक्टिमले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL