Logo

आर्थिक मन्दीका कारण माछापुच्छ्रे बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

आर्थिक मन्दीका कारण माछापुच्छ्रे बैंकको नाफामा संकुचन, अन्य सूचक कस्ता ?



काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले माछापुच्छ्रे बैंकको नाफा घटेको छ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चालु आवको ६ महिनामा बैंकको नाफा घटेको हो ।

laxmi

चालु आवको दोस्रो त्रैमासमा बैंकको नाफा २१.४५ प्रतिशतले घटेर ८० करोड ५३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको छ । खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँमा रहेको छ । यस्तै सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १ सय ४५ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.४१ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL