Logo

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त, माघ १ गतेदेखि लागू हुने

महालक्ष्मी विकास बैंकको कामु सीईओमा लम्साल नियुक्त, माघ १ गतेदेखि लागू हुने



काठमाडौं। महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओमा) दिपेश लम्साल नियुक्त भएका छन् ।

laxmi

बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका कार्यकारी सीईओ बोधराज देवकोटाले आफ्नो चार बर्षे कार्यकाल १४ महिना बाँकी छँदै राजीनामा दिएर बैंकबाट बाहिरिएसँगै लम्साल नियुक्त भएका हुन् । देवकोटाले माघ १ गतेदेखि लागु हुने गरि पुस २८ गते राजीनामा दिएका हुन ।

देवकोटाले राजिनामा दिएसंगै बैंक सञ्चालक समितिको बैठकले बैंकका बरिष्ठ डेपुटी सीईओ लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL