Logo

एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स, विदेश जाने पनि बढे

एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स, विदेश जाने पनि बढे



काठमाडौं । एक महिनाको अवधिमा नेपालमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको देशको वर्तमान आर्थिक अवस्थाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

laxmi

यसअघि कार्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । यसरी एक महिनाकै अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स थपिएको हो । यसैगरी, पछिल्लो एक महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि ३८ हजारभन्दा धेरैले बढेको छ ।

मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४ हजार ३७ रहेको छ ।

गत कार्तिक महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL