Logo

आन्तरिक रेमिट्यान्स पुनः सुरु हुने, कारोबार सीमाको अध्ययन गर्दै राष्ट्र बैंक

आन्तरिक रेमिट्यान्स पुनः सुरु हुने, कारोबार सीमाको अध्ययन गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० देखि १५ हजार रुपैयाँसम्मको सीमा राखेर आन्तरिक रेमिट्यान्स खुला गर्ने बताएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापश्चात आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

laxmi

मौद्रिक नीतिको पहिलो समिक्षामै नेपाल राष्ट्र बैंकले ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख छ । सोही अनुसार राष्ट्र बैंकका गभर्नर अधिकारीले यसको सिमासम्बन्धी अध्ययन गरी चाँडै स्थानीय रेमिट्यान्स सेवा संचालनमा ल्याउन दिने बताएका हुन् । यसअघि आन्तरिक रेमिट्यान्सका कारण हुण्डी कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले नै आन्तरिक रेमिट्यान्स सेवा बन्द गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL