Logo

मौद्रिक नीतिको समीक्षा : नियतबस कर्जा नतिर्नेलाई डण्डा, समस्यामा परेकालाई पुनर्तालिकिकरणको सुविधा

मौद्रिक नीतिको समीक्षा : नियतबस कर्जा नतिर्नेलाई डण्डा, समस्यामा परेकालाई पुनर्तालिकिकरणको सुविधा



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्दै नियतबस कर्जा नतिर्नेलाई कर्जा असुलीमा कडाई गर्ने बताएको छ । पछिल्लो समय बैंक वित्तीय क्षेत्रको कर्जा जानी बुझी नतिर्ने गिरोह सक्रिय हुँदै गर्दा राष्ट्र बैंकले भने नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउने बताएको हो ।

laxmi

यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत नै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई भने कर्जा पुनरसंरचना र पुनर्तालिकिकरण लगायतका माध्यमबाट सहजीकरण गरिने बताएको छ ।

यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्ने राष्ट्र बैंकको भनाई छ । यस्तै यसरी पुनर्तालिकिकरणको सुविधा दिने अवधि भने २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने समिक्षामा उल्लेख छ ।

यस्तै लघुवित्त वित्तीय संस्थाले पनि आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL