Logo

कर्जा लगानी अहिले नै उच्च छ, एकल अंकको ब्याजदर हाम्रो अर्थतन्त्रले धान्न सक्दैन : डा. प्रकाश श्रेष्ठ

कर्जा लगानी अहिले नै उच्च छ, एकल अंकको ब्याजदर हाम्रो अर्थतन्त्रले धान्न सक्दैन : डा. प्रकाश श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्टले अहिले भएको कर्जा लगानी नेपालको अर्थतन्त्रको लागि धेरै नै भएको बताए ।

laxmi

संसदको अर्थसमितिमा बुधबार भएको छलफलमा बोल्दैल श्रेष्टले अहिले लगानी भएकाे कर्जा प्रवाह धेरै भएको बताएका हुन । यसैगरी, उनले अहिलेको अर्थतन्त्रले एकल अंकको ब्याजदर पनि धान्न नसक्ने जानकारी दिएका छन । ‘ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने देखिन्छ ।’ उनी भन्छन ।

यसैगरी, अहिलेसम्म भएको कर्जा लगानीको प्रतिफल भने नगन्य रहेको उनको बुझाई छ । ‘अहिले प्रवाह भएको कर्जा धेरै हो कर्जा अनुसार उधोग व्यवसायले प्रतिफल दिन सकेको छैन ।’ उनी भन्छन, ‘कर्जाको रिएलोकेट गर्नुपर्ने अवस्था आएको छ । व्याज एकल अंकमा आउदा ऋण लिएर खरिद गर्ने नै हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL