Logo

राष्ट्र बैंकका प्रमूख कार्यकारीहरुको विभाग हेरफेर, बैंक तथा वित्तीय संस्था नियमन विभागमा गुरु पौडेल

राष्ट्र बैंकका प्रमूख कार्यकारीहरुको विभाग हेरफेर, बैंक तथा वित्तीय संस्था नियमन विभागमा गुरु पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । राष्ट्र बैंकको ५ जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरेकाे हो ।

laxmi

राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा गुरु पौडेललाई ल्याइएको छ । उनी यस अघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए ।

यसैगरी, भुक्तानी प्रणाली विभागको विभाग प्रमुखको जिम्मेवारी डा. गुणाकर भट्टलाई राखिएको छ । विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलको वित्त व्यवस्थापन विभागमा सरुवा भएको भएको छ ।

वित्त व्यवस्थापन विभाग प्रमुख रहेका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्रीलाई मानव शंसाधन विभाग प्रमुख बनाइएको छ । राष्ट्र बैंकले आगामी २४ गतेदेखि लागू हुने गरी अहिले ५ जना कार्यकारी निर्देशकको सरुवा गरिएको राष्ट्र बैंकका ती अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL