Logo

नारायणी विकास बैंकलाई राष्ट्र बैंकले तिरायो ८ पटकसम्म जरिवाना, कति तिर्यो ?

नारायणी विकास बैंकलाई राष्ट्र बैंकले तिरायो ८ पटकसम्म जरिवाना, कति तिर्यो ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी विकास बैंकलाई ८ पटकसम्म नगद जरिवाना तिराएर कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्ममा नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

laxmi

बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षाको आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही स्वरुप नगद जरिवाना गरेको हो ।

राष्ट्र बैंकले बैंकलाई चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरीवाना गरेको हो ।

अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई चौथौं, पाँचौ, छैटौं, सातौं र आठौं पटक कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL