Logo

६ बैंकले मानेनन् नियामकको नियम, राष्ट्र बैंकको कारबाहीमा एनआइसी एशियादेखि नबिलसम्म

६ बैंकले मानेनन् नियामकको नियम, राष्ट्र बैंकको कारबाहीमा एनआइसी एशियादेखि नबिलसम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मापदण्डहरु पुरा नगरेको भन्दै विभिन्न ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा लक्ष्मी सनराईज बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, हिमालयन बैंक र एनएमबी बैंकले सम्पत्ती शुद्धिकरण ऐनको उल्लंघन गरेको, कर्जा स्रोत परिचालन अनुपात नपुर्याएकोलगायतका कारण देखाई कारबाही गरिएको हो ।

laxmi

जसमा लक्ष्मी सनराईज बैंकले सम्पत्ती शुद्धिकरण ऐनको उल्लंघन गरेपछि राष्ट्र बैंकले ७० लाख रुपैयाँ जरिवाना तिराएको छ । यस्तै यसै अवधिमा बैशाख महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि हिमालयन बैंकलाई पनि राष्ट्र बैंकले १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना भराएको छ ।

यता एनएमबी बैंकले भने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेश्रो संशोधन सहित) को दफा १० को उप–दफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकोले उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पुर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

साथै, सो सम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराईएको छ ।

एनआईसी एशिया बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लेखित व्यवस्था विपरीत हुने गरी ग्राहकहरुसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको पाईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै बैंकले आ.व. २०७८/७९ र २०७९/८० मा पुनः निर्देशन विपरीत ब्याज बढाएको, क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ्ग गरेको, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं १५ को बुँदा नं. ३ को (८) समेत उल्लङ्घन गरेको पाईएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार नसिहत दिईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

साथै, उपर्युक्त कार्यहरुको समयमै निगरानी तथा अनुगमन नगरी यस बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. ६÷०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व सम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार संचालक समितिलाई सचेत गराइएको ।

यता नबिल बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन नं. १५÷०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम संचालक समितिलाई सचेत गराइएको छ ।

एकीकृत निर्देशन नं. १५/२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैँकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा अतिरिक्त जोखिम प्रिमियमस्वरुप अतिरिक्त १.५ प्रतिशत असुल गरेको, क्यापिटल फ्रेमवर्क एडिक्वेशी फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको, राष्ट्र बैंकको निर्देशन विपरित प्रिमियम बढाएको, ऋणी ग्राहकहरुसँग त्रैमासिक रुपमा कर्जा प्रशासनिक शुल्क लिने गरेको तथा संस्थागत मुद्धती निक्षेपमा ग्राहकहरुलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको छ ।

राष्ट्र बैंकले सिटिजन्स बैंक इन्टरनेशनललाई पनि कारबाही गरेको छ । यो बैंकलाई राष्ट्र बैंकले कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडिक्वेशी फ्रेमवर्क अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशन विपरित पटक पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL