Logo

कामना सेवा विकास बैंकको सहयोग, प्रणामी मन्दिरलाई फ्रिज हस्तान्तरण

कामना सेवा विकास बैंकको सहयोग, प्रणामी मन्दिरलाई फ्रिज हस्तान्तरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरा शाखा कार्यालय श्रृजनाचोकले पोखरा म.न.पा. वडा नं ८ रत्नचोक स्थित श्रीकृष्ण प्रणामी मन्दिरलाई रेफ्रिजेरेटर हस्तान्तरण गरेको छ । उक्त रेफ्रिजेरेटरले मन्दिरको भान्सा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ प्रदान गरेको बैंकले जनाएको छ ।

laxmi

बैंकको सञ्चालक बलराम बरालले श्रीकृष्ण प्रणामी मन्दिर समिति नेपालका अध्यक्ष पुरुषोत्तम रेग्मीलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । बैंकले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा समितिद्वारा आयोजित श्रीकृष्ण प्राकट्य महा महोत्सव कार्यक्रमको बीच उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा पोखरा म.न.पा. वडा नं ८ का वडा अध्यक्ष रुद्र नाथ बराल, मन्दिर व्यवस्थापन समितिका अन्य सदस्यहरु, भक्तजनहरूका साथै बैंकका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL