Logo

ग्लोबल आइएमई र मेट्रो मार्टबीच सम्झौता, क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट

ग्लोबल आइएमई र मेट्रो मार्टबीच सम्झौता, क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक र मेट्रो मार्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत भुक्तानी गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

laxmi

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको २ सयसम्म र योजना अवधिभर ५ सय रुपैयाँसम्म छुट पाइनेछ ।

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL