Logo

निफ्राले चौथो त्रैमाससम्म कमायो १ अर्ब ४५ करोडभन्दा बढी नाफा, कस्ता छन् अन्य सूचक ?

निफ्राले चौथो त्रैमाससम्म कमायो १ अर्ब ४५ करोडभन्दा बढी नाफा, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले १ अर्ब ४५ करोड ९२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ४२ दशमलव ७१ प्रतिशत बढी खुद नाफा गरेको हो ।

laxmi

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २ करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ४२ दशमलव ६८ प्रतिशत बढी २ अर्ब ८ करोड ८२ लाख रूपैयाँ भएको छ । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ५ करोड ४९ लाखभन्दा बढी रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी २१ अर्ब ६० करोड रूपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ३२ प्रतिशत बढी २ अर्ब २८ करोड ३२ लाख रूपैयाँभन्दा बढी कायम भएको छ । गत चौथो त्रैमाससम्म अघिल्लो वर्षको तुलनामा १०३ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले २९ दशमलव ६१ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।

गत वर्ष कम्पनीले ८९ करोड १६ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २० अर्ब १४ करोड १ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर नेटवर्थ ११० रूपैयाँ ५७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ७६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL