Logo

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्नेछन् ।

laxmi

बैंकका ग्राहकहरुले तिनकुने, काठमाडौंमा अवस्थित रिद्धि सिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवाहरुमा अधिकतम २० प्रतिशत छुट पाउने छन् । यसैगरी भैसेपाटी, ललितपुरमा अवस्थित अर्बन स्माइल डेन्टल क्यर प्रालिका सेवाहरुमा अधिकतम २५ प्रतिशतसम्म छुट पाउने छन् । साथै न्युरोड, काठमाडौंमा अवस्थित सयपत्री मेरीगोल्ड ज्वेलर्सका सेवाहरुमा पनि अधिकतम २५ प्रतिशत सम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४५ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL