Logo

शनिवारसमेत बैक वित्त संस्था खोल्न राष्ट्र बैंकको निर्देशन

शनिवारसमेत बैक वित्त संस्था खोल्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार समेत कार्यालय खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । असार मसान्त सकिनै लाग्दा नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आगामी २ शनिबार बैंक खोल्न निर्देशन दिएको हो ।

laxmi

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि शनिबार र असार ३० गते शनिबार पनि राति ८ बजेसम्म बैंक तथा वित्तिय संस्था खुला राख्न निर्देशन दिएको हो । यसैगरी, असार ३१ गते पनि बेलुका सात बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन छ ।

चालु आर्थिक वर्ष २०७९–८० सकिनै लाग्दा सरकारलाई राजस्व संकलनको दबाब परेको छ । जसको कारण राष्ट्र बैंकले बैंकिङ कारोबार हप्ताको सातै दिन खुला राख्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL