Logo

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर



काठमाडौँ । लुम्बिनी प्रदेश कपिलवस्तु जिल्ला प्रशासन कार्यालय परिसर, तौलिहवामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ६५ औं एक्सटेन्सन काउन्टरको बुधबार एक समारोहका बीच शुभारम्भ गरिएको छ ।

laxmi

एक्सटेन्सन काउन्टरको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय तौलिहवा मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर लगायत अन्य ग्राहकहरुले समेत बैंकिङ्ग सेवा लिन सकिने छ ।

उक्त अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्ले लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL