Logo

राष्ट्र बैंकको निश्कर्ष : लघुवित्तले तोकेको सीमा बाहिर गएर कर्जा प्रवाह गरेका छैनन्

राष्ट्र बैंकको निश्कर्ष : लघुवित्तले तोकेको सीमा बाहिर गएर कर्जा प्रवाह गरेका छैनन्



काठमाडौं । लघुवित्त कम्पनीले तोकेको सीमा भन्दा बाहिर गएर ऋण लगानी नगरेको नेपाल राष्ट्र बैंकको निश्कर्ष छ। कुनै पनि लघुवित्त कम्पनीले तोकिएको सीमा (ऋण दिदा १५ प्रतिशत ब्याजदर र सेवा शुल्कमा १.५०) भन्दा धेरै ब्याज नलिएको राष्ट्र बैंकले जानकारी दिएको हो।

laxmi

नेपाल राष्ट्र बैंकका सुचना अधिकारी नारायणप्रशाद पोखरेल भन्छन, ‘पछिल्लो समय लघुवित्तले तोकेको सीमा भन्दा बाहिर गएर कर्जा लगानी गर्यो भन्ने गुनासाहरु धेरै आइरहेका छन् । यसको बारेमा नेपाल राष्ट्र बैंकले अध्ययन गरेको थियो । तर, लघुवित्त कम्पनीहरुले तोकेको सीमा बाहिर गएर कर्जा लगानी गरेको पाईएन ।’ यदि आगामी दिनमा पनि तोकिएको निर्देशनभन्दा बाहिर गएर कर्जा प्रवाह गरेकाे पाइएमा कारबाही हुने उनको भनाई छ ।

राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक फरक संस्था भएको जानकारी दिँदै यी संस्थाले दिने सेवा र ब्याजदर फरक हुने जानकारी दिएको छ। ‘कुनै पनि लघुवित्त कम्पनीले आफ्नो सीमा क्षेत्रभन्दा बाहिर गएर कर्जा लगानी गरेको पाइएमा त्यस्तो कम्पनीलाई कारबाही गर्न राष्ट्र बैंकमा रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सकिने छ ।’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL