Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, अंगभंग भएका २० जनालाई कृतिम अंग प्रदान

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, अंगभंग भएका २० जनालाई कृतिम अंग प्रदान



काठमाडौं । सनराइज बैंकले मधेश प्रदेशका २० जनालाई कृतिम हात खुट्टा प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो ।

laxmi

रोटरी क्लब, वीरगंजमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख पचहत्तर हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै सनराइज बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL