Logo

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका हुन् ।

laxmi

बैंकका ग्राहकहरुले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउनेबारे सम्झौता भएको छ । त्यस्तै, कन्चनरुप, सप्तरीमा अवस्थित एमडी हेल्थ केयर हस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले बोदेबर्साइन सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशतसम्म छुट दिनेबारे सम्झौता गरेको छ । साथै नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्म छुट दिनेबारे समेत बैंकले सम्झौता गरेको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL