Logo

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसंग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।

laxmi

बैंकका ग्राहकहरुले नक्साल, काठमाडौंमा अवस्थित आबुरी रेस्टुरेन्टका सेवाहरुमा अधिकतम १० प्रतिशत छुट पाउने छन् । यसैगरी भगवती मार्ग, नक्साल, काठमाडौंमा अवस्थित वी कयेर हेल्थ सेन्टर का सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन् ।

भद्रकालीमा अवस्थित फन ल्यान्ड इन्टरटेनमेन्टको प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउने भएका छन भने धरान उपमहानगरपालिका, वडा न. १० मा अवस्थित टस्क माउन्टेन बाइक स्टोरबाट बाइ–साइकल खरिद गर्दा खरिद मुल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउने छन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL