Logo

सनराइज बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा विभिन्न सहयोग हस्तान्तरण

सनराइज बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा विभिन्न सहयोग हस्तान्तरण



काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गरेको छ । बैंकले धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ ।

laxmi

मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक बिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे ।

सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरे । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए ।

साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्नराइज बैंकको यस सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे । यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी एक सय वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL