Logo

मौद्रिक नीतिमा लचक बन्यो राष्ट्र बैंक, बैंक दर १ प्रतिशतले घट्दा नीतिगत दर यथावत

मौद्रिक नीतिमा लचक बन्यो राष्ट्र बैंक, बैंक दर १ प्रतिशतले घट्दा नीतिगत दर यथावत



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सामान्य लचकता कायम गरेको छ । शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै केहि सहजीकरण गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै बैंक दर १ प्रतिशतले घटाएर ७.५ प्रतिशत कायम गरेको छ ।

laxmi

मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता हाल रहेको राष्ट्र बैंकको बुझाई छ ।

मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी नीतिगत दरलाई ७ प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई १ प्रतिशत बिन्दुले घटाई ७.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तै समिक्षामार्फत ब्याजदर करिडोरअन्र्तगतका अन्य दरहरुलाई यथावत राखिएको छ ।

बैंक दर भनेको केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदर हो । यस्तो ऋणको सुरक्षणको रुपमा सरकारी धितोपत्रहरु राखिन्छ । यसरी बैंक दर घटेसँगै कर्जाको ब्याजदर घट्ने प्रक्षेपण गरिएको छ । पछिल्लो समय राष्ट्र बैंकले बैंक ब्याजदर बढाईदिएकै कारण अर्थतन्त्रमा शिथिलता आएको उद्योगी व्यवसायी र स्वयं अर्थमन्त्रीले नै बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL