Logo

ज्योति विकास बैंकको गोकर्ण शाखा उद्घाटन, शाखा संख्या १२० पुग्यो

ज्योति विकास बैंकको गोकर्ण शाखा उद्घाटन, शाखा संख्या १२० पुग्यो



काठमाडौँ । ज्योति विकास बैंकले बिहीबार काठमाडौंको गोकर्णमा १२०औं शाखाको औपचारिक उद्घाटन गरेको छ । ग्राहकहरु समक्ष बैंकिङ्ग सेवाको पहुंच विस्तार गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

गोकर्ण शाखाको समुद्धघाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसाल र बैंकका संचालक राम कुमार श्रेष्ठले संयुक्त रुपमा गरे । उद्धघाटन समारोहमा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL