Logo

कर्जाको ब्याजदर घटबढ गर्दा पछिल्लो ३ महिनालाई आधार मान्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको परिपत्र

कर्जाको ब्याजदर घटबढ गर्दा पछिल्लो ३ महिनालाई आधार मान्नुपर्ने, यस्तो छ राष्ट्र बैंकको परिपत्र



काठमाडौं । नेपाल राष्ट्र बैंकले अब बैंकहरुले कर्जाको ब्याजदर तोक्दा पछिल्लो ३ महिनाको कर्जा घटबढको आँकडा हेरेर तोक्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले एकिकृत निर्देशन २०७९ मा संशोधन परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

laxmi

कर्जाको व्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकले जारी गरेको परिपत्रमा उल्लेख छ । तर, राष्ट्र बैंकले पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने पाईने व्यवस्था गरेको छ ।

यस्तै राष्ट्र बैंकले कर्जाको ब्याजदर घटाउँदा वा वृद्धि नगर्दा सबै ग्राहकले समानरुपमा सुविधा पाउने गरी व्यवस्था मिलाउनु पर्ने पनि बताएको छ ।

यस्तै कर्जा प्रवाह गर्दा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नहुने बताइएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1GyKRMWuQ9o8WnoyXufO6DnrHD7xMu5jD/preview” query=”” width=”100%” height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL