Logo

राष्ट्र बैंकको संचालकमा पोखरेल, कामु प्रधानन्यायाधीश कार्की समक्ष लिए सपथ

राष्ट्र बैंकको संचालकमा पोखरेल, कामु प्रधानन्यायाधीश कार्की समक्ष लिए सपथ



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त सञ्चालक अर्जुन पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थ सचिव भएसँगै राष्ट्र बैंकको संचालक बनेका पोखरेलले कामु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

laxmi

सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उहाँलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, रजिष्ट्रार नारायणप्रसाद पन्थी, सह–रजिष्ट्रार नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL