Logo

यी ६ बैंकले कायम गरेनन् सिडी रेसियो, परे राष्ट्र बैंकको कारबाहीमा

यी ६ बैंकले कायम गरेनन् सिडी रेसियो, परे राष्ट्र बैंकको कारबाहीमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी) रेसियो कायम नगरेका ६ बैंकलाई कारबाही गरेको छ । केन्द्रिय बैंकले साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक), नेपाल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, नबिल बैंक र हिमालयन बैंकलाई सिडी रेसियो कायम नगरेको भन्दै कारवाही गरेको हो । यी बैंकहरुले विभिन्न महिनामा तोकिएको सिडी रेसियो कायम गरेका थिएनन् ।

laxmi

बैंकहरुले सिडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार तत्कालिन सेन्चुरी बैंक हाल प्रभु बैंकले उक्त रेसियो कायम नगर्दा २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ । यस्तै नेपाल बैंकले १८ लाख ५९ हजार, नबिल बैंकले ६ करोड ४६ लाख र ग्लोबल आइएमई बैंकले ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको हो ।

यता सोही सिडी रेसियो नै कायम नगर्दा कृषि विकास बैंकले ६९ लाख ५८ हजार र हिमालयन बैंकले ७१ लाख ७२ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको हो ।

यता क्रेडिट एन्ड कमर्श बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई आफ्नो अख्तियारीभन्दा बाहिर गई कर्जा स्वीकृत गरेपछि ५ लाख रुपैयाँ जरिवाना तिराईएको छ । यस्तै कुमारी बैंकलाई पनि मद्धति निक्षेपमा आवश्यकभन्दा बढी ब्याजदर कायम गरेपछि सचेत तुल्याईएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL