Logo

प्रभु बैंकको नाफा १ अर्ब ९५ करोड, खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढ्यो

प्रभु बैंकको नाफा १ अर्ब ९५ करोड, खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढ्यो



काठमाडौं । प्रभु बैंकले चालु आव २०७९/०८० को तेस्रो त्रैमाससम्म १ अर्ब ९५ करोड खुद नाफा कमाएको छ । सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरेको बैंकले आज अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । अघिल्लो वर्षको समीक्षा अवधिमा १ अर्ब ७५ करोड खुद नाफा कमाएको थियो ।

laxmi

बैंकको वितरणयोग्य मुनाफा १८ करोड २९ लाख रुपैयाँले ऋणात्मक छ । बैंकले २ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । खुद ब्याज आम्दानी ५४.५५ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपियाँ भको छ । २ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४२ अर्ब कर्जा परिचालन गरेको छ ।

चुक्तापुँजी २३ अर्ब ५४ करोड रहेको बैंकको रिजर्भको आकार भने ८९.९९ प्रतिशतले बढेर १० अर्ब २७ करोड पुगेको छ । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.४८ प्रतिशत पुगेको छ । ईपीएस घटेर ११.०७ रुपियाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ बैंकद्वारा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL