Logo

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, २ अर्ब ६८ करोड नाफा आर्जन

एनएमबि बैंकको नाफामा सामान्य वृद्धि, २ अर्ब ६८ करोड नाफा आर्जन



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.६५ प्रतिशत मात्र बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

laxmi

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफाको वृद्धिदर १.१९ प्रतिशतमा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि थोरै बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.०७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको छ ।

चुक्ता पुँजी १८ अर्ब ३६ करोड रहेको छ यस बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप ६.९९ प्रतिशत बढेको छ भने कर्जा ६.१९ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL