Logo

एभरेष्ट बैंकले कमायो नाफा साढे २ अर्ब नाफा, यस्तो छ प्रतिसेयर आम्दानी

एभरेष्ट बैंकले कमायो नाफा साढे २ अर्ब नाफा, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.६३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

laxmi

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६२.५९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पुँजी १० अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७.७७ प्रतिशत बढेको छ भने कर्जा १०.६० प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL