Logo

सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा सुविधा, ११.७५ प्रतिशत वार्षिक ब्याजदर

सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा सुविधा, ११.७५ प्रतिशत वार्षिक ब्याजदर



काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । बैंकले घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकको अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्षसम्मका लागि स्थिर रहनेछ ।

laxmi

यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ । यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पुरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL