Logo

सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई संस्थालाई छात्रवृत्ति प्रदान



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशक देखि एच आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

laxmi

बैंकले आफ्नो सोह्रौं वार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले दुई लाखको चेक संस्थाका संचालक राज कुमार पुन लाई हस्तान्तरण गरेको छ । बेबी लाईफ होममा रहेका २७ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए ।

त्यसै गरि कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत श्री चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ ।

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL