Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार, बैंकिङ सुविधा सहज रुपमा उपलब्ध

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार, बैंकिङ सुविधा सहज रुपमा उपलब्ध



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

laxmi

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई र बैंकका कोशी प्रदेशका प्रमुख राजीव गजुरेलले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

सो क्रममा मेयर राईले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यहाँका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा बेलबारी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शालिग्राम बस्नेतले बैंकको पहुँच बाहिर रहेको डाँगीहाट तथा आसपासमा रहेका सेवाग्राही तथा उद्योगी व्यवसायीहरूलाई बैंकिङ्ग सुविधा सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL