Logo

नेपाल बैंकर्स संघले घटायो साधारण बचतको ब्याजदर, कर्जाको प्रिमियम पनि अब ५ प्रतिशतमात्रै

नेपाल बैंकर्स संघले घटायो साधारण बचतको ब्याजदर, कर्जाको प्रिमियम पनि अब ५ प्रतिशतमात्रै



काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका छन् । बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् । हाल सामान्य बचतमा वाणिज्य बैंकहरुले ६.४२ देखि ८.४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउँदै आएका छन् ।

laxmi

यही ब्याजदरलाई घटाएर चैतदेखि बचतमा ६७ देखि ८ प्रतिशतसम्म ब्याजदर दिने निर्णय भएको संघका एक सदस्यले बताए । उनका अनुसार संघले मुद्धति निक्षेपको ब्याजदर भने यथावत राखिने भएको छ ।

यस्तै संघले कर्जामा लिँदै आएको प्रिमियम पनि घटाउने निर्णय गरेका छन् । हाल वाणिज्य बैंकहरुले कर्जामा आधारदरमा थप ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तोक्ने गरेका थिए ।

अब भने कर्जाको आधार ब्याजदरमा थप ५ प्रतिशत मात्रै प्रिमियम लिने निर्णय भएको हो । आज बसेको संघको बैठकले प्रिमियम १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL