Logo

एनआईसी एशिया लघुवित्तको संचालकमा २ जना चयन, अध्यक्षमा राठी र सदस्यमा भारी नियुक्त

एनआईसी एशिया लघुवित्तको संचालकमा २ जना चयन, अध्यक्षमा राठी र सदस्यमा भारी नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको सोमबार बसेको संचालक सकितिको बैठकल लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

laxmi

यसअघि गत शुक्रबारको सांलक समितिको बैठकले दुबै जनालाई उक्त पदका लागि मनोनयन गरी पठाएको थियो ।
उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बरालसंस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकको तर्पmबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले सोमबार गते प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्षशपथ ग्रहण गरी सोही दिनबाट पद बहाल गरेका छन् यस्तै सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । सन्तोष कुमार राठी र दिनेश भारी हाल एनआई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL