Logo

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन २०७९, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ सहित)

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गर्यो एकिकृत निर्देशन २०७९, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ सहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एकिकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन २०७९ जारी गरेको हो ।

laxmi

राष्ट्र बैंकले यसअघि जारी भएका निर्देशनलाई एकिकृत गर्दै उक्त निर्देशन जारी गरेको हो । जस अनुसार कुनै पनि व्यक्तिले राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरुको संस्थापक सेयर खरिद गर्न चाहेमा प्रहरी प्रतिवेदनमा अपराधिक पृष्ठभुमि देखिएको व्यक्ति सजाय भुक्तानगरी सफाय पाएको ५ वर्षपछि मात्रै संस्थापक सेयर खरिदगर्न सक्नेछन् ।

यस्तै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमालाई १२ करोडमै सीमित राखेको छ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ ।

[googleapps domain=”drive” dir=”file/d/1camvZ3l5Ov_xcPEEHevXPJF7ptYDkXcf/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL